Comments Add Comment

छायाँनाथ राराको बजेट ३५ करोड, नमस्ते रारा अभियान चलाइने

११ साउन, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५का लागि ३५ करोड ५१ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले सूचना प्रबिधि र सडक विस्तारलाई मूख्य प्राथमिकतामा राखेको छ ।

बुधबार गमगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको नगरसभाले विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन क्षेत्रको विकासलाई पनि प्रथमिकता दिइएको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए ।

समृद्ध नगर बनाउनका लागि नमस्ते रारा, रारा जाऔं अभियान नै चलाउने शाहीको भनाइ छ ।

त्यस्तै घरघरमा पानीको धारा, गाउँ गाउँमा बिद्युत जस्ता योजना पनि अघि सारिएको छ ।

नगरपालिकाले महिला पाठेघर समस्या, एकल महिला कार्यक्रम, बर्थिङ सेन्टर स्थापना र आमा कार्यक्रम पनि सञ्चालन गरिने योजना सार्वजनिक गरेको छ ।

कूल ३५ करोड ५१ लाख ८१ हजार वाषिर्क बजेटमा नेपाल सरकारको निर्सत अनुदान तर्फ २२ करोड १४ लाख ४९ हजार बिनियोजन गरिएको छ ।

त्यसतै सर्तसहित तर्फ ११ करोड १० लाख ३२ हजार गरि ३३ करोड २४ लाख ८१ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment