Comments Add Comment

कांग्रेस मन्त्रीहरुको मन्त्रालय टुंगियो, रक्षामा भीमसेनदास, भौतिक वीरबहादुरलाई

मोहन बस्नेत सञ्चारमन्त्री

भीमसेनदास प्रधान

 

 

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट थपिएका १० जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वीरबहादुर बलायरले पाएका छन् भीमसेनदास प्रधान रक्षामन्त्री भएका छन् ।

मोहन बस्नेत सञ्चारमन्त्री हुने भएका छन् । उनी खुमबहादुर खड्का समूहबाट मन्त्री भएका हुन् ।

रामकृष्ण यादव कृषि, यज्ञबहादुर थापा कानुन, सञ्जय गौतम सिचाई, र राजन केसी युवा तथा खेलकुद मन्त्री भएका छन् ।

अम्बिका बस्नेतलाई सहकारी, मीन विश्वकर्मालाई वाणिज्य मन्त्री र महेन्द्र राय यादवलाई खानेपानी मन्त्री बनाइएको छ ।

मन्त्रीहरुको सूचीबाट अन्तिम समयमा अर्जुन जोशीको नाम काटेर यादवको नाम थपिएको हो । स्रोतका अनुसार प्रदेश नम्बर २ को आसन्न चुनावलाई हेरेर जोशीको सट्टा यादवलाई मन्त्री बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment