Comments Add Comment

छ्याङदीको सेयर २ सय ९४ रुपैयाँसम्ममा कारोबार गर्न पाइने


११ साउन, काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

अबको सात दिनमा कम्पनीको सेयर कारोबारको लागि खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबार ९८ रुपैयाँदेखि २ सय ९४ रुपैयाँसम्ममा गर्न सकिने सम्भावना रहेको छ । कम्पनीले नेप्सेमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को परिस्कृत लेखा परिक्षण भएको वित्तीय विवरण अनुसार नेटवर्थ ९८ रुपैयाँ रहेको छ ।

नेप्सेको नियम अनुसार कम्पनीले पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म मूल्य पाउने गर्छ । आव २०७३/७४ भर्खरै समापन भएकोले कम्पनीले यो अवधिको परिस्कृत वित्तयि विवरण तत्काल बुझाउन सक्ने अवस्था छैन् । यसले गर्दा नेप्सेले कम्पनीलाई कारोबारको लागि यही मूल्य रेञ्ज दिने सम्भावना अधिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment