Comments Add Comment

सवारी दुर्घटनामा विद्यालय निरिक्षक कुँवरको मृत्यु

११ साउन, वुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षकको मृत्यु भएको छ ।

बुटवल-भैरहवा सडक खण्डको पड्सरीमा भएको दुर्घटनामा परी विद्यालय निरिक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा जाँदै गरेको लु.१.ख ५०२६ नम्बरको ट्रकले कुँवर सवार लु.१८.प २६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कुँवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कुँवर शिक्षा कार्यालयको बैठकमा सहभागी हुन भैरहवा जाँदै थिए । कुवरको निधनपछि प्याब्सन रुपन्देहीले भोलि बिहीबार रुपन्देहीको मणिग्राम श्रोत केन्द्रभित्रका ४६ बिद्यालय बन्द गर्ने निर्णयसमेत गरेको प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेलले अनलाइनखबरलार्इ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment