Comments Add Comment

नेप्सेको वृद्धिमा निरन्तरता, कारोबार बढ्यो


११ साउन, काठमाडौं । नेप्से परिसूचक लगातार दोस्रो दिन पनि बढेको छ । बुधवार नेप्से परिसूचक ८.८४ अंकले बढेर १६४५ विन्दुमा आइपुगेको हो । यस दिन कारोबार रकम पनि बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यस दिन बैंक र जलविद्युत् समूहको परिसूचक भने घटेको छ । बिमा समूहको परिसूचक ३.२५ प्रतिशतले बढेको हो । चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिकसँगै बिमा समूहका कम्पनीहरुको मूल्य बढ्न थालेको हो । यसदिन रकमको आधारमा कारोबार हुने प्रमुख १० संस्थामा ८ वटा बिमा कम्पनीहरु रहेका छन् ।

मंगलवार नेप्से मार्फत चुक्ता पुँजी वृद्धि योजना सार्वजनिक गरेको एनबी इन्स्योरेन्सको मूल्य ९ प्रतिशतले बढेको छ । हिमालयन डिष्टिलरी र रिलायबल माइक्रोको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढ्यो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाको बुधवारबाट कारोबार खुला भएपनि सेयर किनबेच भएन । कम्पनीलाई नेप्सेले १ सय ६ देखि ३ सय २० रुपैयाँको मूल्य रेञ्ज दिएको थियो । नेप्सेको नियम अनुसार कम्पनीले पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म मूल्य पाउने गर्छ ।

लगानीकर्ताहरु यो मूल्यमा सेयर बेच्न अनिच्छुक देखिएका छन् । लघुवित्त कम्पनीहरुको मूल्य उच्च रहेकाले यस्ता कम्पनीको कारोबार केही दिनपछि खुल्ले र लगालग मूल्य बढ्ने प्रवृत्ती यसअघि पनि देखिदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment