Comments Add Comment

दुवै मिर्गौला फेल भएका लावतीद्वारा सहयोगको याचना

११ साउन, बिराटनगर । मोरङ पथरीका एक युवाको आर्थिक अभावका कारण मिर्गौैला प्रत्यारोपण गर्न नसक्दा विचल्ली भएको छ ।

दुवै मिर्गौला फेल भएका पथरी शनिश्चरे ३ का ३३ वर्षीय योगन्द्र लावतीको दुबै मृगौला फेल भएपछि समस्यामा परेका हुन । उनले अर्थिक अभावले गर्दा मृगौला प्रत्यारोपण गर्न नसकेको भन्दै सहयोगको याचनासमेत गरेका छन् ।

लामो समय साउदी अरवमा बसेर घर फर्केका लावतीको दुबै मृगौला फेल भएपछि हप्तामा तीन दिन डायलोसिस गराएर पति योगेन्द्रको जीवन बाँचिहरको श्रीमती पुर्णशीला लावतीले बताइन् । उनका अनुसार मिर्गौला प्रत्यारोपण गर्न सके उनी स्वस्थ्य हुन सक्छन् ।

ससुरा राज शमशेरले आफ्नो मिर्गौला दिन तयार भए पनि आर्थिक अभावले गर्दा प्रत्यारोपणका लागि योगेन्द्र अस्पताल भर्ना हुन सकेका छैनन् ।

नेपाल सरकारले मृगौला प्रत्यारोपणका लागि कानुन निर्माण गरेर उपचारमा केही सहुलियत दिने व्यवस्था पनि गरेको छ । तर प्रत्यारोपणका लागि काठमाडौं नै जानुपर्ने र औषधि र परीक्षणकालागि लाखौं रुपैयाँ खर्च हुने सुनेपछि उपचार गर्न नसकिएको सहयोगी कृष्ण निरौलाले बताए ।

नेपालमा त्रिबि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा मिर्गौैला प्रत्यारोपण हुँदै आएको छ ।

सरकारले मिर्गौला रोगीहरुका लागि डायलसिस निःशुल्क गराएपछि औषधि भने बिरामीले आफैले खरिद गर्नुपर्छ ।

२ छोराछोरीका बाबु योगेन्द्रले बिदेशबाट कमाएर ल्याएको पैसा परिवार पाल्दै सकिएको र जग्गा जमिन केही नभएकाले प्रत्यारोपणका लागि खर्च जुटाउन नसकेको बताए ।

उनले उपचारकालागि प्रभु बैकको ०८६१०७००९१५९२७०००००१ नम्बरको बचत खातामा मोवाइल नम्बर ९८१७३०९११४ सहयोग गरिदिन सरकार र दाताहरुसँग आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment