Comments Add Comment

स्वास्थ्यमन्त्री पोखरेल भन्छन्- डा. केसीका माग सम्बोधन गर्छु

'नयाँ स्वास्थ्य रणनीति आवश्यक'

११ साउन, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले डा. गोविन्द केसीका माग सम्बोधनलाई प्राथमिकता दिने बताएका छन् । उनले नयाँ स्वास्थ्य नीति बनाउने घोषणा पनि गरे ।

बुधबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘डा. गोविन्द केसीले अनसन सुरु गरेकोबारे जानकारी पाएँ । उहाँका मागलाई पनि प्राथमिकतामा राखेर काम गर्ने छु ।’

तेस्रो पटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका पोखरेलले संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्‍याउन प्राथमिकता दिने बताए ।

भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनर्निर्माण र निःशुल्क औषधिको व्यवस्थालाई पनि प्राथमिकता राखेर काम गर्ने मन्त्री पोखरेलले बताए ।

नसर्ने रोगको चाप बढेको भन्दै उनले त्यसविरुद्ध लड्न स्वास्थ्य रणनीति नै परिवर्तन आवश्यक रहेको धारणा राखे ।

स्वास्थ्य मन्त्री नै किन बन्नुभयो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरलले भने, ‘पहिले पनि रुची र चासो थियो । तर, पार्टीले स्वास्थ्य मन्त्री बनाउन लागेको भनेर आज विहानमात्र थाहा पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment