Comments Add Comment

बर्ड फ्लु पीडित कुखुरापालक कृषकलाई निम्बसको राहत


११ साउन, काठमाडौं । निम्बसले यसवर्ष पनि बर्ड फ्लु पीडित कुखुरापालक कृषकलाई राहत दिएको छ । सरकारले प्रदान गरेको राहत रकम बराबर नै निम्बसको शक्ति सहयागी हात कार्यक्रम अन्तर्गत काठमाडौंको सिनामंगलमा हस्तान्तरण गरिएको हो ।

यसपटक सुनसरीको खनार-१२ स्थित पाथिभरा पोल्ट्री फार्मका शक्ति फीड प्रयोगकर्ता कृषक सञ्जय गौतमलाई नोक्सानीबापत ३ लाख ३८ हजार ४ सय ८८ रुपैयाँ प्रदान गरिएको छ ।

निम्बसको शक्ति सहयोगी हात कार्यक्रमअन्तर्गत प्रदान गर्ने यस किसिमको राहत कार्यक्रमको मुख्य उद्देश्य भनेको शक्ति फीड प्रयोगकर्ता कृषकहरुको कुखुरापालन र उत्पादन स्तर तथा क्षमतालाई कायम राखी देशमा खाद्य सुरक्षा सुनिश्चित गर्नु हो ।

यो योजना व्यावसायिक रुपमा नेपालभरि ब्रोईलर र लेयर कुखुरापालन गर्नेहरुका लागि मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment