Comments Add Comment

बाबुरामको स्वीकारोक्तिः नयाँ शक्ति भरपर्दो विकल्पका रुपमा प्रस्तुत हुन सकेन

अब हरेक स्थानीय तहमा छायाँ सरकार !

११ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा आफ्नो पार्टी भरपर्दो विकल्पका रुपमा प्रस्तुत हुन नसकेको स्वीकार गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता प्रयास भंग भएपछि भट्टराईले ०७५ बैशाखसम्म संघीय महाधिवेशन गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

नयाँ शक्ति पार्टीको संघीय परिषद् बैठकमा ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ पेश गर्दै भट्टराईले नयाँ शक्ति नराम्ररी पराजित भयो भन्ने विश्लेषण गलत भएको बताए ।

आफ्नै चुनाव चिन्ह भएको भए सकारात्मक सन्देश दिने अवसर मिल्थ्यो भन्दै उनले भनेका छन्, ‘यो निर्वाचन परिणामलाई स्वाभाविक रुपमा लिनुपर्छ ।’

कांग्रेसको गढमा एमाले, एमालेको गढमा कांग्रेसले जित्नु तथा काठमाडौं, ललितपुरसहितका शहरी मतदाताको रुझानले विकल्प खोजेको प्रष्ट देखिएको भट्टराईको विश्लेषण छ ।

अधिकांश जिल्लामा तालमेल कार्यान्वयन हुन नसकेको भट्टराईले बताएका छन्, ‘चुनाव हाम्रा लागि एउटा बाध्यताले सामना गर्नुपरेको अनपेक्षित घटना मात्र सावित भयो’

आफ्नो दस्तावेजमा उनले भनेका छन्, कुरा कति मात्र हो भने यो चुनावमा हामी भरपर्दो विकल्पका रुपमा प्रस्तुत हुन सकेनौं ।’

उनले आफ्नै चुनाव चिन्ह नपाएको अवस्थामा संघीय समाजवादी फोरमसँग मोर्चा गर्ने निर्णय सही सावित भएको बताएका छन् । यसले कैयौं असहमति र जटिलताका बाबजुद जनतासामु प्रस्तुत हुन पाएको उनले बताए । यसले जटिलता पनि ल्याएको भन्दै डा. भट्टराईले भनेका छन्, पहाडी क्षेत्रमा फोरमको छवि क्षेत्रीय दलको थियो । यसलाई पुराना दलका कार्यकर्ताहरुले अवाञ्छित र न्यूनकोटीको नकारात्मक प्रचार गरे ।’

०७५ को बैशाख महिनासम्ममा पार्टी प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव पनि पार्टी बैठकमा राखेका छन् यसका लागि केन्द्रीय समितिलाई पुनरावलोकन गरेर महाधिवेशन आयोजक कमिटी बनाउने उनको प्रस्ताव छ

तराई क्षेत्रमा फोरमकै धेरै आकांक्षी भएका कारण अधिकांश जिल्लामा तालमेल कार्यान्वयन हुन नसकेको भट्टराईले बताएका छन् । ‘चुनाव हाम्रा लागि एउटा बाध्यताले सामना गर्नुपरेको अनपेक्षित घटना मात्र सावित भयो’ उनले भनेका छन् ।

२०७५ मा महाअधिवेशन गर्ने प्रस्ताव

डा. भट्टराईले पार्टी पुनर्गठन गर्ने भन्दै ०७५ को बैशाख महिनासम्ममा पार्टी प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव पनि पार्टी बैठकमा राखेका छन् ।

यसका लागि केन्द्रीय समितिलाई पुनरावलोकन गरेर महाधिवेशन आयोजक कमिटी बनाउने उनको प्रस्ताव छ । साथै विभागहरुलाई पुनर्गठन गर्ने र पूर्णता दिने कार्य श्रावण मसान्तभित्रै गरी सक्ने, विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाहकार समूह र पार्टीका वरिष्ठ र अनुभवीहरुको संरक्षक परिषद् बनाउने उनको योजना छ ।

अब हरेक स्थानीय तहमा छायाँ सरकार !

नयाँ शक्तिका संयोजक भट्टराईले हरेक स्थानीय तहमा छायाँ सरकार गठनको प्रस्ताव पार्टीमा राखेका छन् ।

पार्टीबाट चुनाव जितेकाहरुले प्रभावकारी काम गर्ने र प्रमुख उपप्रमुख लगायतमा उम्मेदवार भएकालाई समेटेर स्थानीय छाया सरकार बनाउनु पर्नेमा उनले जोड दिएका छन् । उनले भनेका छन्, स्थानीय तहको सरकारमा सुशासन कायम गर्न हामीले विशेष जोड दिनुपर्दछ र हामीले नजितेका ठाउँमा त्यसको निगरानी गर्न हामीले प्रत्येक गाउँपालिका, नगरपालिका र वडामा छायाँ सरकार गठन गर्नुपर्छ ।’

स्थानीय तहहरुमा हुने गलत कामहरुको भण्डाफोर गर्ने र स्थानीय जनसरोकारका सवालमा लविङ्ग र जनपरिचालन गर्नु पर्नेमा पनि भट्टराईले जोड लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment