Comments Add Comment

नयाँ मर्चेन्ट बैंकरको आवेदन खुल्यो


११ साउन, काठमाडौं । धितोपत्र बोर्डले मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायी) को काम गर्न इच्छुकसँग आवेदन लिन थालेको छ ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा पहिलो संशोधन गरेर चुक्ता पुँजी र काम सम्बन्धि नयाँ व्यवस्था गरेसँगै आवेदन लिन खुला गरेको हो ।
मर्चेन्ट बैंकरले सेयर निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको रुपमा काम गर्न पाउछन् ।

हाल २३ संस्थाले मर्चेन्ट बैंकरको काम गर्दै आएको छ । बोर्डले २०७३ कात्तिक ५ गतेबाट मर्चेन्ट बैंकरको लागि नयाँ आवेदन लिन रोक्का गरेको थियो ।

याे पनि पढाैं :  मर्चेन्ट बैंकरको चुक्ता पुँजी अधिकत्तम ७ करोडसम्म, सबै काम गर्नेलाई २० करोड 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment