Comments Add Comment

मेगा बैंकको सल्यान खलंगामा शाखा

११ साउन, काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैंक नेपाल लिमिटेडले सल्यानको खलंङामा आफ्नो नयाँ शाखा खोलेको छ ।

मेगा बैंक सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरे । मेगा बैंकको यो ४८ औं शाखा हो ।

सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैंक भएको छ । मेगा बैंकले यस क्षेत्रमा २०७४ जेष्ठ १६ मा आंशिक सेवा (सफ्ट लञ्च)को प्रारम्भ गरेयता ४ सय ५० भन्दा बढी बैंक खाता खोल्न सफल भइसकेको छ । यहाको खलंगामा रहेको सानो बजार र यस क्षेत्रमा रहेका साना तथा मझौला आकारका उद्योग लगायतलाई हेरेर बैंकिङ सेवा थालनी गरेको हो ।

“हामीले आगामी वर्षभरीमा करिब २ हजार ग्राहकसम्म पुग्ने लक्ष्य राखेका छौं ”, मेगा बैकका सञ्चालक समितिका सदस्य पाण्डेले भने ।

सक्षम–मेगा बैङ्क साझेदारी सन् २०१५ मा शुरु भएको हो । यस साझेदारीका लक्ष्यहरू ४ वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैकिङ सेवा विन्दुहरूको स्थापना गर्ने र “ट्याब बैकिङ” को अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने रहेका छन् ।

सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment