Comments Add Comment

गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु

५ हजार सवारीसाधनलाई कारवाही, ३२ लाख राजश्व संकलन

११ साउन, गुल्मी । आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ७ जना पुरुष, ३ जना महिला र १ जना वालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी २६ जना गम्भीर घाइते र १६ जना सामन्य घाइते भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा कम हो ।

आर्थिक वर्ष २०७२/०७३ मा २८ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने ३७ जना गम्भीर र १४ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७३/०७४ मा २१ वटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ  ।

ट्रक २ वटा, बस २ वटा, जीप ७ वटा मोटरसाइकल ३ वटा, ट्याक्टर ७ वटा गरी २१ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।  यो अघिल्लो आर्थिक वर्ष भन्दा कम हो ।

५ हजार सवारीसाधनलार्इ कारवाही, ३२ लाख राजश्व संकलन

यसैबीच ट्राफिक नियम मिच्नेलाई कार्वाही गर्दा गुल्मीमा ३२ लाख १ हजार राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा यस अघिको आर्थिक वर्ष भन्दा दोब्बर बढीले राजश्व संकलन भएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्लामा एक वर्षको अन्तरालमा ट्राफिक नियम मिच्ने ५ हजार २९२ सवारीसाधन चालक कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबिप्रसाद पौडेलले जानकारी दिए ।

जिल्ला सबैभन्दा बढी मोटरसाइकल र जीप कार्वाहीमा परेका छन् । नियम उलंघन गर्ने मोटरसाइकल चालकहरुबाट मात्रै १३ लाख र जीपबाट १० लाख राजश्व संकलन भएको ट्राफिकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment