Comments Add Comment

प्रकाश र सुरजले बनाए राष्ट्रिय कीर्तिमान

१२ साउन काठमाडौं । युथ एन्ड जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ मा तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

यसअघि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा स्पर्धा गरेका नेपालकै अर्का खेलाडी सुरज बैश्यले स्नाचमा ७५ केजी र क्लिन एन्ड जर्कमा ९५ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान भंग गरेका थिए ।

बैश्यको युथमा राष्ट्रिय कीर्तिमान रहृयो । यस तौल समूहमा अशोक कुमार शाहले २०७० मा भएको लुम्बिनी च्याम्पियनसिपमा स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरि कुलमा १३० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

प्रकाश आफ्नो जुनियरमा १२ औं स्थानमा र सुरज १५ औं स्थानमा रहे । यस्तै सुरज युथ तर्फ १३ औं स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment