Comments Add Comment

बिहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजीनामा

१२ साउन काठमाडौं । विहारका मुख्यमन्त्री नितिशकुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

भेटपछि नितिशले भने, ‘अहिलेको परिस्थितिमा मेरा लागि नेतृत्व गर्न मुस्किल रहृयो । अन्तरात्माको आवाजमा कुनै वाटो निस्किएको देखेर आफैंले नमस्कार भनेँ । आफूले आफैंलाई अलग गरेँ ।’

उनका अनुसार राज्यपालले उनको राजीनामा स्वीकृत गरेका छन् । अर्को व्यवस्था नहुँदासमम कार्यभार सम्हाल भनेका छन् ।

उता प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामाका लागि नितिशकुमारलाई बधाई दिएका छन् ।

नितिशले त्यसबेला राजीनामा दिएका छन्, जतिबेला लालुप्रसादका छोरा एवं उपमुख्यमन्त्री तेजस्वी यादवमाथि सीबीआईको मुद्दा हालेको छ । सीबीआईले भ्रष्टाचारको मामिलामा लालु यादव र उनको परिवारको निवासमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment