Comments Add Comment

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो


१२ साउन, काठमाडौं । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ ।

१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् ।

शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ ।

श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो । अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन् । ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ ।’ तातो–चिसोको पनि महसुस गर्न थालेको उनले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment