Comments Add Comment

क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन चाहनुहुन्छ ? यहाँ सम्पर्क गर्नुस्


१२ साउन, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले राय सुझाव मागेको छ । बुधबारबाट काम थालेको आयोगले राजनीतिक दल, विषयगत विज्ञ तथा आमनागरिकसँग राय–सुझाव मागेको हो ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै ७ दिनभित्र राय–सुझाव दिन सबैमा अनुरोध गरेको छ । आयोगलाई टेलिफोन, फ्याक्स र इमेलमार्फत सुझाव दिन सकिने छ । आयोगले टेलिफोन नम्बर ०१४२११०५७, फ्याक्स नम्बर ०१४२११०५७ र ई–मेल [email protected] मा सुझाव पठाउन भनेको छ । सिंहदरबारस्थित कार्यालयमै गएर समेत इच्छुकले सुझाव दिन सक्नेछन् ।

‘संविधान तथा ऐनमा व्यवस्था भए अनुरुप १६५ संख्याको प्रतिनिधिसभा र ३३० संख्याको प्रदेश सभाको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा राजनीतिक दल, विषयगत विज्ञहरु तथा आमनागरिकहरुलाई सात दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको सचिवालयमा आईपुग्ने गरी आफ्नो रायसुझाव पठाइदिनु हुन अनुरोध गरिन्छ,’ आयोगले एक सूचना जारी गर्दै भनेको छ ।

सरकारले गत साउन ६ गते नेपालको संविधानको धारा ८४, १७६ र २८६ तथा निर्वाचन क्षेत्र निर्धारण ऐन २०७३ अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारणका लागि पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । २१ दिनको समयसीमा तोकिएको आयोगले निर्धारित समयमै सरकारलाई आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ । आयोगको प्रतिवेदनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको डेडलाइनमा असर पार्ने भएकाले यसलाई महत्त्वका साथ हेरिएको छ । संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गतेभित्र दुवै तहको निर्वाचन भइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment