+
+

एनएमबी बैंकको नाफा १ अर्ब ५१ करोड, कति देला लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते १०:००


१२ साउन, काठमाडौं । गत आव २०७३/७४ मा एनबी बैंकको नाफा ३५.५४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ११ करोड रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी २७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३६ करोड रुपैयाँ, अन्य सञ्चालनबाट २८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २० करोड रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले यसअघि नोक्सान वापत राखेको २२ करोड ३५ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर १८ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ भने प्रावधान १ सय ३४ प्रतिशत गरेको छ ।
बैंकको चुक्ता पुँजी ६ अर्ब ४६रोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.३९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २७.६९ प्रतिशत रहेको छ । बैंकको सञ्चिती ४ अर्ब २६ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १८.४७ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।
बैंकको निक्षेप संकलन १३ प्रतिशतले बढेर ७३ अर्ब र कर्जा लगानी १५.४६ प्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७४.९० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.१२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.८५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेको छ ।
बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ३ करोड, ओभर ड्राफ्ट शीर्षकमा १७ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?