Comments Add Comment

कोकाकोलाको नयाँ अफर ‘बिर्को खोलौं-क्यास जितौं’

१२ साउन, काठमाडौं । कोका-कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं सञ्चालन गरिरहेको छ । असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो अफर कोका-कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने सिसा बोतलको खरिदमा लागू छ, जसमा १ देखि १००  रूपैयाँसम्मका पुरस्कारहरु जित्न सकिन्छ ।

१ देखि १०० रुपैयाँ सम्मको पुरस्कार रकम कोका-कोला, फान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनी लेखिएको छ ।

उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment