Comments Add Comment

जहाँ हस्तमैथुनका बारेमा बहस गरिरहेका छन् अढाई लाख मानिस


झण्डै अढाई लाख मानिसहरु अहिले एउटा अनलाइन प्लेटफर्ममा मज्जाले हस्तमैथुनका बारेमा बहस गरिरहेका छन् ।

उनीहरुले सेक्स मात्र होइन, हस्तमैथुनबाट पनि टाढै रहनुपर्ने अभियान चलाइरहेका छन् ।

सोसल साइट रडिटको एक कम्युनिटी बेस्ड साइट NoFap मा अहिले २ लाख ३० हजार सदस्य छन् । यहाँ त्यस्ता मानिसहरु छन् जो हस्तमैथुनबाट बच्न चाहन्छन् ।

तीमध्ये कसैले हस्तमैथुन रोकेर सुपर पावर हासिल गर्ने कुरा गरिरहेका छन् र मानिसहरुलाई पोर्न तथा सेक्सको लत खतरनाक हुन्छ भनी सिकाइरहेका छन् ।

त्यहाँ कतिपय पढेलेखेका तथा विशेषज्ञहरुले पनि सल्लाह दिने गरेका छन् । Fap को प्रयोग हस्तमैथुनको पर्याबाचीको रुपमा गरिएको छ । सन् १९९९ मा यो शव्दलाई जापानको एक कमिकबाट लिइएको हो ।

सन् २०११ म नो फ्याप कम्युनिटी सुरु भएको हो । सुरुवातदेखि नै यसको सदस्य संख्या लगातार बढ्न थाल्यो । त्यसमध्ये कतिपय खास धार्मिक समूहसँग जोडिएका छन् । कतिपय मामिलामा यो अभियान अनलाइन हेल्थ समस्याबाट छुटकारा पाउने माध्यम पनि बनेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment