Comments Add Comment

ट्राफिक जामबाट बच्न नदीमा पौडी खेलेर अफिस जान्छन् यी मानिस


ट्राफिक जाम ठूला सहरको चिनारी तथा मुख्य समस्या नै हो । बिहानै उठेर अफिस जानुपर्ने कामकाजी मानिसहरुका लागि ट्राफिक जामले हैरानै बनाउँदछ । जामका कारण समयमा अफिस वा कार्यस्थलमा पुग्न नपाउँदा खानुपर्ने खप्की तथा बेहोर्नुपर्ने घाटा र समस्याका कुरै नगरौँ ।

जामको यो समस्याबाट पार पाउनका लागि जर्मनीका एक व्यक्तिले गज्जबको समाधान निकालेका छन् ।

जर्मनीको म्युनिख सहरका बेन्जामिन डेभिड नामका यी व्यक्ति ट्राफिक जामको समस्याबाट पीडित थिए र प्रायः आफ्नो अफिसमा ढिला पुग्थे ।

तर अहिले उनले यो समस्याको सामना गर्नु पर्दैन । अहिले उनी अफिस जानका लागि सडकको जाम कुर्नु पर्दैन । उनी नदीको बाटो हुँदै जान्छन् ।

उनी दिनहुँ आफ्ना कपडा, ल्यापटप तथा जुत्ता एउटा वाटर प्रुफ झोलामा कोचेर सहरको बीचबाट बग्ने इसार नदी पौडी खेलेर पार गर्दछन् र अफिस जान्छन् ।

उनले दिनहुँ अफिस जान आउनका लागि २ किलोमिटर पौडिन्छन् ।

कतिपय मानिसहरु उनको यो कार्य देखेर हाँस्छन् पनि । तर उनलाई मानिसको खिसी देखि कुनै मतलब छैन । उनी यसैगरी अफिस जान रुचाउँछन् । आजकल जाम कुर्नु नपर्दा उनी सधै समयमै अफिस पुग्न थालेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment