Comments Add Comment

गुगलले ल्याउँदैछ पिक्सेल टू स्मार्टफोन, यस्ता हुनेछन् फिचर्स

अघिल्लो वर्ष अति उत्कृष्ट क्यामरा तथा गज्जब डिजाइनकावाला गुगल पिक्सेल तथा पिक्सेल एक्स एल लञ्च गरेको थियो गुगलले ।

र, अब गुगलले यसको नयाँ संस्करण पिक्सेल टू स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ ।

गुगलको हार्डवेयर विभाग प्रमुख रिक ओस्टरलोे यसको पुष्टि गरिसकेका छन् की यो वर्ष गुगलले नयाँ डिभाइस ल्याउनेछ ।

यद्यपि, ठ्याक्कै कहिले र कहाँ यो लञ्च गरिनेछ भन्ने उनले खुलाएका छैनन् ।

अघिल्लो वर्ष अक्टोबरमा गुगलको पिक्सेल आएको थियो, त्यसैले यो वर्ष पनि अक्टोबरमै गुगलले पिक्सेल टू ल्याउने अनुमान कतिपयले गरेका छन् ।

यद्यपि, गुगलले पिक्सेल टू को बारेमा अन्य आधिकारिक कुरा केही भनेको छैन । तर विभिन्न मिडियाहरुले  पिक्सेल टू का फिचर्सका बारेमा खुलासा गरिरहेका छन् ।

नयाँ क्यामरा टेक्नोलोजी तथा चिप सेटसँगै पिक्सेल टू अहिलेसम्मकै उत्कृष्ट फोन हुने अपेक्षा गरिएको छ । यो फोन वाटर रेसिस्टेन्ट हुने बताइएको छ । गुगलले यो फोनमा अहिलेसम्मकै फास्ट प्रोसेसर प्रयोग गर्नेछ । गुगलले यसका लागि क्वालकोम, इन्टेल र मिडियाटेकका चिपसेटको परीक्षण गरिरहेको बताइएको छ ।

पिक्सेल टू मा एचटिसी ११ मा जस्तै स्क्विजेबल फ्रेम हुनेछ । यसको अर्थ यसको फ्रेम चाप संवेदनशील हुनेछ । फोनलाई जोडसँग समाउँदैमा क्यामरा लञ्च गर्न, फ्लास लाइट अन गर्न वा कुनै मनपर्ने एप खोल्ने जस्ता कार्य गर्न सकिनेछ । साथै यसो गरेर गुगल असिस्टेन्ट पनि खोल्न सकिनेछ ।

पिक्सेल टूमा ६ इन्चको डिस्प्ले रहनेछ । गुगलले ल्याउन लागेको एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण यसमा प्रयोग हुने बताइएको छ । यसमा मल्टि टास्किंगका साथै नयाँ एप नोटिफिकेसन सिस्टम र सुधारिएको कपी पेस्ट विकल्प हुनेछ ।

यदी गुगलको पिक्सेल टू अक्टोबरमा लञ्च भयो भने सामसुंगको ग्यालेकसी एस एट, एलजी सिक्सका साथै वायरलेस चार्जिंग र एज टू एज डिस्प्लेवाला नयाँ आइफोन सँग टक्कर पर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment