Comments Add Comment

फुयाँलले सुरु गरे फिल्म स्टूडियो, निखिलले गरे उद्घाटन


नेपाली चलचित्र, म्यूजिक भिडियो वा सिरियल छायांकनका लागि अहिले स्टूडियोको अभाव छ । काठमाण्डौमा खुलेका केही स्टूडियो पनि बन्द भएपछि अहिले चलचित्र छायांकनमा समस्या भैरहेको छ ।

सरकारले चलचित्र स्टूडियोका लागि बार्षिक रुपमा बजेट छुट्टयाएपनि यो बिषयमा खासै कुनै प्रगती भएको छैन । यही कुरालाई मध्यनजर राख्दै, चलचित्र निर्देशक बीबी फुयाँलले स्टूडियो संचालन गरेका छन् । मध्यपूर थीमीको राधे राधे नजिकै बोडेमा संचालनमा आएको ‘फूयाँल सुटिङ स्टूडियो’को बुधबार नायक निखिल उप्रेतीले उद्घाटन गरेका छन् ।

‘नेपाली चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मको छायांकन अभाव महशुश भैरहेकाले पनि मैले एकल प्रयासमा यो स्टूडियो निर्माण गरेको हुँ, संचालक फुयाँलले भने । बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा यो स्टूडियोमा उपलब्ध भएको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि निखिल उप्रेतीले अब राजधानीको नजिकै सुविधासम्मपन्न स्टुडियो निर्माण भए पछि चलचित्र, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म सबै गर्न सजिलो हुने भयो भन्दै सफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment