Comments Add Comment

रियलको पोष्टमा म्यान्चेस्टर सिटीको ४ गोल

१२ साउन, काठमाडौं । प्रिसिजन टूर अन्तर्गत अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा स्पेनिस च्याम्पियन रियल मड्रिडले इंग्लिस क्लव म्यान्चेस्टर सिटीसँग ४-१ गोलको पराजय व्यहोरेको छ ।

गत आइतबार म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको रियलका प्रशिक्षक जिनेदिन जिदानले सिटीबिरुद्धको खेलका लागि सुरुवाती ११ को निर्णय एक घण्टाअघिमात्र लिएका थिए ।

यता सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले रियलबाटै हालै स्थानान्तरण गरिएका राइट ब्याक डानिलोलाई मैदानमा उतारेका थिए ।

क्यालिफोर्नियाको लस एन्जलस कोलिजियम रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सिटीले चार गोल गर्न सफल भयो । सिटीका लागि निकोलास ओटामेण्डीले ५२औं, रहिम स्टिर्लिङले ५९औं, जोन स्टोनले ६७औं र ब्राहिम डियाजले ८२औं मिनेटमा गोल गरे ।

यता खेलमा नियमित समयभन्दा एक मिनेटअघि सब्सिच्युड स्ट्रइकर ओस्कारले गोल गर्दै रियललाई निल हुनबाट जोगाए ।

रियलले प्रिसिजन टूरको सबैधन्दा महत्वपूर्ण खेल अन्तर्गत आगामी शनिबार चीर प्रतिद्वन्द्वी बार्सिलोनासँग मियामीमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment