Comments Add Comment

निखिलको ‘रुद्र’ प्रिमियरमा पुगिन् संचिता


नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती सार्वजनिक स्थानमा खासै देखिदैनन् । देखिए पनि यी दुइले तस्बिर खिचाउन खासै सहज मान्दैनन् । तर, वधुबार काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘रुद्र’को प्रिमियरमा भने संचिता आकर्षक बनेर पुगिन् ।

हुनत, निखिल र संचिताले एकसाथ तस्बिर भने खिचाएनन् । तस्बिर खिचाउने क्रममा नायिका रेखा थापा, चलचित्रका नव-कलाकारद्धय सारा र विश्व पनि एकसाथ थिए ।

रामजी लामिछानेले निर्देशन गरेको चलचित्रलाई निखिल उप्रेती र विश्वले मिलेर बनाएका हुन् । यो चलचित्रमा नायक निखिल उप्रेती भिलेनको भूमिकामा देखिएका छन् । सारा र विश्वको प्रेममा निखिल किन वाधक बन्छन्, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

भोली शुक्रबारबाट रिलिज हुने चलचित्रको एक्सनपक्ष दमदार छ । चलचित्र हेरेर फर्किएका अधिकांशले निखिलको एक्सन हेर्न रुचाउने दर्शकका लागि ‘रुद्र’ विशेष हुने बताएका थिए ।


प्रिमियर भने अस्तव्यस्त

काठमाण्डौको गंगबुमा संचालनमा आएको बीएसआर हलमा आयोजित प्रिमियर शो भने अस्तव्यस्त देखिएको थियो । व्यवस्थापन निकै कमजोर हूँदा उपस्थित पाहुनाहरुले दुःख पाएका थिए । चलचित्रकर्मी र पत्रकारलाई २ बजे बोलाइएपनि चलचित्र भने ५ बजेबाट मात्र सुरु भएको थियो ।

गतिलो व्यवस्थापन गर्न नसक्दा धेरै पाहुनाहरु आक्रोशित भएका थिए भने केही पछि चलचित्र हेरौला भन्दै फर्किएका थिए । नायक तथा निर्माता निखिल उप्रेतीले चलचित्र सुरु हुनु अगाडि सबै पाहुनासँग धेरै दुःख भएको भन्दै माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment