Comments Add Comment

कहिले र कसरी छुटाउने बच्चालाई आमाको दुध


हामीले सुन्दै आएका छौ, ‘आमाको दुध बच्चाको लागि अमृत समान हुन् ।’ स्तनपान बच्चाका लागि मात्र होइन, स्वंम आमाको निम्ति पनि फाइदाजनक हुन्छ । आमाको दुधमा ति सबै पोषक तत्व हुन्छ, जो नवजात शिशुको लागि खाँचो हुन्छ । यसले बच्चाको भोक मात्र मेट्दैन, शारीरिक र मानसिक विकास समेत हुन्छ । साथै, रोगसँग लड्ने क्षमता पनि बढ्छ ।
जन्मपछि शिशुको सुरुवाती आहार नै आमाको दुध हो । त्यसैमा बच्चा पूर्ण निर्भर हुन्छन् । तर, जब जब बच्चा बढ्दै जान्छ, उनीहरुलाई ठोस खानेकुराको पनि आवश्यक्ता पर्छ । र, त्यसमा अभ्यस्त पनि हुँदै जान्छन् ।

कहिले ख्वाउने अन्य खानेकुरा ?

बच्चालाई कुन अवस्थामा ठोस खानेकुरा ख्वाउने ? यसको निश्चित समय निर्धारण गरिएको हुन्छ । खासगरी हाम्रो संस्कारले नै यसको समय तय गर्छ । यद्यपी बच्चा र आमाको अवस्था अनुसार ठोस पदार्थ ख्वाउन सुरु गर्ने अवधी केहि तलमाथि पर्न सक्छ, जो स्वभाविक पनि हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार जब बच्चा ६ महिनाको हुन्छ, त्यसपछि उनीहरुलाई ठोस पदार्थ दिन सकिन्छ । किनभने यस उमेरमा उसले ठोस पदार्थ खान सक्षम हुन्छ । यद्यपी, त्यसको सुरुवात भने तरल पदार्थबाटै गर्नुपर्छ । जस्तो कि, दालको पानी, लिटो, फलको रस आदि ।

स्तनपान छुटाउने सहि उमेर कुन ?

सामान्यत बच्चा एक बर्षको भएपछि आमाले आफ्नो दुध दिन छाड्ने गरेका छन् । जबकी कति आमाले डेढ बर्षसम्म वा त्यो भन्दा बढी उमेरसम्म पनि दुध दिने गरेका छन् । यो कुरा बच्चाले नै निर्धारण गर्ने हो । किनभने उसले दुध वाहेक अन्य कुरामा निर्भर हुन सक्छ वा सक्दैन ?

जब बच्चा बाहिरी खानेकुरा एवं दुधबाहेकका खानेकुराले तृप्त हुन्छ भने उनीहरुलाई दुध छुटाउँदा हुन्छ ।

कसरी गर्ने सुरुवात ?

सबैभन्दा पहिला जब तपाईको बच्चा राम्रो तरिकाले बाहिरी खानेकुरामा अभ्यस्त हुन थाल्छ, तब विस्तारै विस्तारै दुध चुसाउने मात्रा कम गर्दै लानुपर्छ । साथै स्तनपान गराउने बेला पनि बाहिरी खानेकुरा दिनुहोस् ।

यसअघि दिनमा ६ पटक बच्चालाई दुध पिलाउनुहुन्थ्यो भने, त्यो संख्या क्रमस घटाउँदै २ वा ३ मा पुर्‍याउँनुहोस् । यसरी बच्चाले बिस्तारै दुध छुटाउँछ ।

निप्पलमा तितो चिज लगाउने

अक्सर महिला दुध छुटाउनका लागि निप्पलमा तितो चिज लगाउने गर्छन् । जस्तो कि, करलेलाको रस, नीमको रस । बच्चाले जब दुध चुस्छन्, तीतो लाग्छ । र, विस्तारै दुध पिउन छाड्छन् ।

राती स्तनपान नगराउनुहोस्

दुध छुटाउनका लागि यो कोशिस गर्नुहोस् कि, राती बच्चालाई दुध चुसाउनु हुन्न । किनभने बच्चाले सबैभन्दा बढी जिद्दी रातको समयमा गर्छन् ।

दिनभर केहि न केहि ख्वाउनुहोस्

बच्चालाई दुध छुटाउनका लागि दिनभर केहि न केहि ख्वाउनुहोस् । तर, एकसाथ धेरै खानेकुरा दिनु हुँदैन । बरु, थोरै थोरै ख्वाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment