Comments Add Comment

मन्त्रिपरिषद बैठक जारी, डा. केसीका मागबारे छलफल

१२ साउन, काठमाडौं । सरकार बिस्तारपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बसेको छ । सिंहदरवारमा जारी बैठकमा डा. गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा छलफल भइरहेको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले भने, ‘चिकित्सा शिक्षाका विषयमा डा. केसीले उठाएका माग महत्वपूर्ण छन्् । समस्या अब फेरि नदोहोरियोस् भन्ने मेरो सोच हो । त्यसैले यसमा के गर्न सकिन्छ म यसबारे छलफल गर्छु ।’

माथेमा आयोगको सुझावअनुसार स्वास्थ्य ऐन पारित गर्नुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले साउन ९ गतेदेखि आमरण अनसन सुरु गरेका छन् ।

सरकारले डा. केसीसँग वार्ता गर्नका लागि समिति बनाउने तयारी गरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment