Comments Add Comment

१० दिने क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने

फाइल तस्वीर

१२ साउन, काठमाडौं । १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ ।

आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीको पहलमा जापानी दूतावासको आयोजनामा टोली जापान पठाउन लागिएको पनि सिइओ तुलाधरले जानकारी दिए ।

१० दिने जापान भ्रमणका लागि नेपाली टोली साउन २६ गते त्यसतर्फ लाग्नेछ भने जापानका युनिभर्सिटी र क्लवका टोलीहरुसँग नेपाली टोलीले बढीमा पाँच खेल खेल्नेछ । त्यस्तै प्रशिक्षण क्याम्पका साथै जापानी ब्यवसायिक प्रशिक्षहरुबाट प्रशिक्षणको व्यवस्था पनि हुने सिइओ तुलाधरले बताए ।

नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोटमा व्यस्त छ । यसअघि फिलिपिन्स र यमनसाग खेलेको नेपालले आगामी खेल ताजिकिस्तानसाग खेल्नेछ । दुई खेलमा १ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा छ भने ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले खाता खोल्न सकेको छैन । समूहको शीर्ष दुई टीम एएफसी एशियन कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment