Comments Add Comment

अर्को महिना भारत जाने प्रधानमन्त्री देउवाको तयारी


१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अर्को महिना भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । प्रधानमन्त्रीका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भ्रमणको मिति टुंगो लगाउन नेपाल र भारतका परराष्ट्र अधिकारीहरु छलफलमा छन् । ‘भदौ ७ वा ८ मा प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी छ,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीको यो भ्रमण तीन दिनको हुनेछ । भ्रमणमा गरिने सहमति तथा सम्झौताबारे गृहकार्य चलिरहेको छ ।

कांग्रेस सभापति समेत रहेका देउवा भदौ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले बुधबार मात्र कांग्रेस, माओेवादी, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment