Comments Add Comment

झण्डै चार लाख गरिब परिवारलाई परिचय पत्र बाँड्ने सरकारको निर्णय

१२ साउन, काठमाडौं । सरकारले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।

भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने सरकारले जनाएको छ ।

यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घर परिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययन अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार ८ सय ३१ परिवार गरिब छन् । उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको थियो ।

मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि बनाइएको मापदण्ड अनुसार परिचय पत्र वितरणको काम सुरु गर्ने बताए ।

सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयको सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment