Comments Add Comment

नवजिवन सहकारीको नाफा १० करोड पुग्यो

१२ साउन, कैलाली । नवजिवन सहकारी संस्थाले गत आर्थिक वर्षमा करिब १० करोड रुपैया मुनाफा आर्जन गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा ७ दशमलव ५७ प्रतिशतले निक्षेप संकलनमा वृद्धि गरेर २ अर्ब ४२ करोड ९१ लाख ९१ हजार रुपैया पुर्याएको महा प्रबन्धक मोहनराज भट्टले जानकारी दिए ।

सहकारीले आब २०७३/०७४ मा ९ करोड ५८ लाख ६६ हजार रुपैया मुनाफा गरेको उनले बताए । यसअघि आर्थिक वर्ष २०७२/०७३ मा संस्थाले ६ करोड ८७ लाख २४ हजार खुद नाफा कमाएको थियो ।

त्यस्तै महाप्रबन्धक भट्टले सहकारीले कर्जा लगानी बढाएको जानकारी दिए । सहकारीले आव २०७३/०७४ मा २ अर्ब १८ करोड ४७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

हाल सहकारीसंग नगद तथा बैंक मौज्दात करिब साढे ५७ करोड रुपैया रहेको महाप्रबन्धक भट्टले जानकारी दिए ।

कैलालीको धनगढीमा २०५० सालमा स्थापना भएको सहकारीमा हाल करिब १६ हजार सेयर सदस्यहरु रहेका छन् । सहकारीको कैलाली र बर्दियामा कुल ५ ओटा शाखा रहेका छन् ।

सहकारीले यहि साउन १६ गतेदेखि मोबाईल एप्स शुभारम्भ गर्न लागेको छ भने यो वर्ष देखि लघुवित्त अन्तर्गत विभिन्न समुह गठन गरि लगानी गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment