Comments Add Comment

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

'अनसन बस्न नपर्ने गरी माग सम्बोधन गर्छौं'

शान्तबहादुर श्रेष्ठ

१२ साउन, काठमाडौं । सरकारले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी चार दिनदेखि अनसनमा छन् ।

बैठकपछि सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनसन नै बस्न नपर्ने गरी केसीका माग सम्बोधन गर्ने बताए ।

२५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment