Comments Add Comment

२०औं वर्ष प्रवेशका अवसरमा एनआईसी एशिया बैंकको विशेष कार्यक्रम

१२ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा बैंकिङ क्षत्रेमा आएको बैंकले हात पारेको सफलताबारे बताए ।

उनले नेपाल इन्डस्ट्रीयल एण्ड कमर्सियल बैंकका रुपमा बैंकिङ क्षत्रेमा प्रवेश गरेको, बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा बढी सेयरको लागी आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरेबापत बैंकले आईएसओ ९००१ ः २००८ भई यो पाउने पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको लगायतका सफलताको स्मरण गरे ।

बैंकले १२५ भन्दा बढी शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा बढी रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा बढी रहेको र बैंकका डिजिटल बैंकिङ सेवा लिने सेवाग्राही संख्या २ लाख ५० हजार नाघेको जानकारी पनि उनले दिए ।

बैंक स्थापना कालमा१०० को १ साधारण शेयरमा लगानी गर्ने शेयर धनीको लगानीबाट हालको बजार मूल्य अनुसार ३ हजार ४९० को मुनाफा हुने अवस्था रहेको उपनी उनले बताए ।

बैंकले डिजिटल बैंकिङ अन्र्तगत क्यासलेस म्यान/लेस बैंकिङ तर्फको यात्रामा उल्लेख्य आधार तय गरेको उनी उनले दावी गरे।
कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा टेलिभिजन कमर्सियल (टीभीसी) तथा सोभिनर भिडियो को बिमोचन समेत गरे ।
कार्यक्रममा बोल्दै बैंककीब्राण्ड एम्बेसडर मनिषा कोइरालाले बैंकको ग्राहकमैत्रि सेवा, फाइनान्सियल आइसोलुसन जस्ता राष्ट्रिय प्राथमिकताका बिषयमा बैंकले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

यसले बैंकप्रति थप आत्मियता महसुस भएको, बैंकसगँ प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउँदा राष्ट्रकै सेवा गरेको महसुस भएको र ँबैंक पनि साथी पनिू को भावनाका साथ बैंक आगामी दिनमा सम्पुर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा पुर्ण रुपमा बिश्वास उनले प्रकट गरिन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले धन्यवाद ज्ञापन गर्दै बैंकले ३ बर्ष अगाडि नै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए ।

उनले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र एटिएम संख्या एक हजार पुर्‍याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको बताए ।

वरिष्ठ गायिका तथा बैंकको प्रोडक्ट प्रोमोटर इन्दिरा जोशीले बैंकको एनिभर्सिरी जिंगल प्रत्यक्ष रुपमा प्रस्तुत गर्दै बैकसँग आबद्ध हुन पाएकोमा आफु गौरवान्तित भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment