Comments Add Comment

स्पेनिस फुटबलका निलम्बित अध्यक्षद्वारा युइएफए र फिफाको उपाध्यक्षबाट राजीनामा

१२ साउन, काठमाडौं । स्पेनिस फुटबल फेडेरेसनका निलम्बित अध्यक्ष एंगेल मारिया भिल्लरले युइएफए र फिफाको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचारको छानविनका लागि उनी र उनका छोरा गोर्का यसै महिनाको सुरुमा गिरफ्तारीमा परेका थिए ।

भिल्लर स्पेनिस फुटबल फेडेरेसनबाट एक वर्षको निलम्बनमा परेका छन् । यद्यपि उनले आरोप अस्वीकार गरेका छन् ।

‘भिल्लर हाम्रो संस्थाको कुनैपनि आधिकारिक पदमा छैनन्’ युइएफएले बिहीबार जानकारी गराएको छ ।

‘स्पेनिस अदालतमा उनको मुद्दा बिचारधीन रहेकाले यस बिषयमा हामीले कुनै कमेन्ट गर्नेछैनौं ।’

युइएफएले भनेको छ कि उसका अध्यक्षले अलेक्सान्दर केफेरिनले उनले राजीनामा स्वीकृत गरेका छन् र अहिलेसम्म युरोपियन फुटबलका लागि गरेको योगदानका लागि धन्यबाद दिएका छन् ।

एथ्लेटिको विल्वाओ र स्पेनका पूर्व मिडफिल्डर भिल्लर २९ वर्षसम्म स्पेनिस फुटबलको अध्यक्ष रहे । उनको निलम्बनपछि जुहान लुइस लर्रेआ अन्तरिक अध्यक्ष बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment