Comments Add Comment

वैदेशिक रोजगार सम्मेलन गर्न संसदीय समितिको निर्देशन

१२ साउन, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकका देखिएका समस्या समाधान गर्न तत्काल ‘वैदेशिक रोजगार सम्मेलन’ गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले खाडी मुलुकमा गएका नेपाली कामदारहरुको समस्या समाधानका लागि तत्काल ‘वैदेशिक रोजगार सम्मेलन’ गर्न परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो ।

खाडी मुलुकहरुमा पीडा भोग्दै आएका नेपाली कामदारहरुको समस्या समाधान हुनेगरी आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति जुठबहादुर टुहेरे खडगीले जानकारी दिए ।

समितिले वैदेशिक रोजगारमा गएकाहरुको अभिलेख राख्न सरकारलाई सचेत गराएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा समितिका सदस्यहरुले वैदेशिक रोजगारमा गएका नेपालीहरुको अवस्था दयनीय बन्दा समेत सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment