Comments Add Comment

अन्तरघात गर्नेलाई कांग्रेसले कनकाईबाट कारबाही थाल्यो

१२ साउन, झापा । नेपाली कांग्रेसले झापाको कनकाई नगरपालिकाबाट स्थानीय निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही सुरु गरेको छ ।

पार्टीले उठाएका उम्मेदवारलाई असहयोग, आचारसंहिता उल्लंघन र अनुशासन विपरित काम गर्नेलाई कांग्रेसको कनकाई नगर समितिले कारबाही गरेको हो ।

कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरियाले विहीबार विज्ञप्ति जारी गर्दै महासमिति सदस्य रमेश श्रेष्ठसहित विभिन्न ८ जनालाई कारवाहीको लागि माथिल्लो निकायमा सिफारिस गरेको जनाएका छन् ।

कार्वाहीमा पर्नेहरुमा श्रेष्ठसहित पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, निलम कटुवाल (निल डेबिड) र सदस्य साधारण कुमारमणि पोखरेल रहेका छन् ।

पार्टीको वडा समितिको सिफारिस, अनुगमन समिति र अनुशासन समिति तथा मेयर, उपमेयर एवम् अन्य पदका उम्मेदवारको प्रतिवेदनका आधारमा उनीहरुलाई कार्वाहीका लागि सिफारिस गरिएको कनकाई नगर सभापति चिमरियाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment