Comments Add Comment

बक्राह खोलाको बाँध निर्माण पुनः सुरु, कार्वाहीको चेतावनी पछि काममा फर्किए ठेकेदार

१२ साउन, विराटनगर । ठेकेदार विचमै सम्पर्क विहीन भएपछि अलपत्र अवस्थामा छाडिएको बक्राह खोलाको बाँध निर्माण पुनः सुरु भएको छ ।

जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले ठेकेदार कम्पनी हिमालय-निकिता जेबीलाई तत्काल बाँधको काम अगाडि नबढाए कार्वाही गर्ने चेतावनी दिएपछि काम पुनः सुरु गरिएको हो ।

पथरी शनिश्चरे ५ स्थित जयनगरमा निर्माणाधिन बाँधको काम विचैमा छाडेर ठेकेदार सम्पर्कविहीन भएको समाचार यसअघि अनलाइनखवरमा सार्वजनिक भएको थियो ।

ठेकेदार कम्पनीले बाँध निर्माणमा गरेको चरम लापर्वाहीका कारण खोला गाउँ पस्ने खतरा बढेको समाचार आएपछि जल उत्पन्न प्रकोप डिभिजन कार्यालयले निर्माण कम्पनीलाई काममा नफर्किएको खण्डमा कार्वाही गर्ने चेतावनी दिएको थियो ।

चेतावनी दिएलगतै बाँध निर्माणको जिम्मा पाएको हिमालय-निकिता जेबीले अपुरो अवस्थामा रहेको बाँध निर्माणको काम सुरु गरेको जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका निमित्त प्रमुख अशोक कर्णले बताए । ‘ठेकेदार कम्पनीले तटबन्ध निर्माणको काम तदारुकताकासाथ गरिहेको छ,’ उनले भने ।

कर्णसहितको इन्जिनियरहरुको टोलीले बिहीबार बाँध निर्माण कार्यको स्थलगत अनुगमन समेत गरेको छ । स्थलगत अनुगमनका क्रममा निमित्त प्रमुख कर्णले भने, ‘निर्माण कम्पनीले अधुरो बाँधको काम २० दिन भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले यसको कामको अवस्थालाई हेरेर आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।’ प्रतिवद्धता पूरा नगरेमा निर्माण कम्पनीलाई कार्वाही अघि बढाइने कर्णको भनाइ छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि विवेश कार्कीले बाँध निर्माणको काम अगामी १५ दिनसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएको जानकारी दिए । ‘जुनसुकै अवस्थामा पनि निर्माणको काममा लागिपरेका छौं, ह्राम्रो प्रतिवद्धता अनुसार समयमै काम पूरा गर्ने छौं,’ उनले भने ।

हिमालय-निकिता जेबीका बिवेस कार्की

तटवन्ध निर्माणको ठेक्का हिमालय-निकिता जेबीले १ करोड १४ लाख २९ हजार ५ सय ३१ रुपैयाँमा पाएको थियो । खोलाले भत्काएको १ सय ७० मिटर लम्वाईको नयाँ बाँध निर्माण गर्ने र नयाँ बाँधसहित २ सय १४ मिटर क्षेत्र लम्वाइमा जाली ढुंगा भर्ने गरी ठेक्का दिइएको थियो ।

तर ठेकेदार कम्पनीले बाँध निर्माणको ४० प्रतिशत मात्र काम गरी आवश्यक भुक्तानी लिएर निर्माणको काम अलपत्र छाडेर सम्पर्कविहीन भएको थियो । गत बैशाख ५ गते सम्झौता गरेको हिमालय/निकिताले बाँध निर्माणको काम असार २० गतेसम्म सम्पन्न गरिसक्नु पर्ने थियो ।

ठेकेदार सम्पर्कविहीन भएपछि बाँधको जोखिम न्युनिकरणका लागि जल उत्पन्न नियन्त्रण कार्यालयले खोलाको प्रकोप पाइन प्रद्दतीमा बाँसको झिक्रा र बाँस लगाएर बाढी रोकथामको प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment