Comments Add Comment

ब्ल्याकहेडसले अनुहारको सौन्दर्य बिगारेको छ ? यसरी हटाउनुहोस्

ब्ल्याकहेड्सले सौन्दर्यलाई फिका बनाइदिन्छ । स-सना कोठी जस्ता देखिने थोप्लाहरुले अनुहारको चमक हटाइदिन्छ । त्यसैले धेरैको निम्ति टाउको दुखाईको विषय हुन्छ, ब्ल्याक हेड्स कसरी हटाउने ?

कतिलाई किशोरवयमै यस्तो समस्या देखिन्छ । र, जतिजति उमेर बढ्दै जान्छ उत्तिनै व्ल्याक हेड्स पनि बढ्दै जान्छ । यो पहेंलो वा कालो रंगको हुन्छ । खासगरी रोम छिद्र बन्द गर्ने फोहोरको कारण ब्ल्याक हेड्स बन्छ । हर्मोनल परिवर्तन, सौन्दर्य प्रसाधनको प्रयोग, छालाको उचित हेरचाह नहुनु, तनाव आदिले पनि यस्तो समस्या निम्त्याउँछ ।

ब्ल्याक हेड्स हटाउनका लागि केहि प्रकारका औषधी र क्रिम बजारमा उपलब्ध छ । तर, त्यसलाई प्राकृतिक रुपमै हटाउनु बढी प्रभावकारी हुनसक्छ । यसका लागि अन्त जानुपर्दैन । तपाईको भान्सामा उपलब्ध सामग्रीको प्रयोगबाट ब्ल्याक हेड्स हटाउन सकिन्छ ।

१. ब्ल्याकहेड्स हटाउनका लागि बेकिङ सोडा राम्रो उपाय हुनसक्छ । यसले अनुहारको फोहार मैला राम्ररी हटाइदिन्छ । साथै सुक्ष्म प्वालहरुमा जमेको मैला समेत यसले हटाइदिन्छ ।

२. हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचीनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चिज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।

३. ओट मिल तथा दहीको मिश्रणको पेस्ट तयार गरौं । यसलाई अनुहार तथा नाखमा राम्ररी लगाउनुपर्छ, ब्ल्याकहेड्स हट्छ ।

४. कागतिको रस दाग-धब्बा हटाउनमा निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतिमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।

यसबाट छुटकारा पाउनका लागि कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन् । तर, अनुहारको रोमछिद्रमा जमेको फोहोरलाई निकाल्न घरेलु बिधी प्रभावकारी हुन्छ, जो हामीसँग सजिलै उपलब्ध हुन्छ ।

१. दालचिनी र महको प्रयोग गरौं

मह एक यस्तो प्राकृतिक एन्टिसेप्टिक हो, जसले छालाको छिद्रमा रहेको फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ । १ ठूलो चम्चा मह र १/२ सानो चम्ता दालचिनी मिलाउने ।

आफ्नो औंलाले बिस्तारै यसलाई अनुहारमा लगाउने । ३ मिनेटसम्म गोलाकार गतिमा मसा जगर्ने र मनतातो पानीले धुने ।

२. अन्डाको सेतो भागको माक्स बनाउने

अन्डाको सेतो भागले छालाको छिद्रलाई कसिलो बनाएर त्यसको फोहोर बाहिर निकाल्छ । अन्डाको सेतो भागलाई निकाले बिस्तारै अनुहारमा लगाउनुपर्छ । यसलाई दुई मिनेटसम्म सुख्खा हुन दिने । त्यसपछि बाँकी रहेको सेतो भाग फेरी अनुहारमा लगाउने ।

यो फेस माक्स सुक्न १०-१५ मिनेटभन्दा बढी समय सुक्न दिनुपर्छ । जब अनुहार कडा महसुष हुन्छ, हल्का तातो पानीले अनुहार धुनुपर्छ । यसले तपाईको अनुहार चम्किलो र मुलायम पनि बन्छ ।

३. मुलतानी माटोको फेस प्याक

मुलतानी माटो सजिलै उपलब्ध हुन्छ । यसमा तेलयुक्त छिद्र सुकाउने र अनावश्यक अवशेषलाई निकाल्ने बिशेष गुण हुन्छ । एक ठूलो मुलतानी माटोमा स्याउको रस मिसाएर एक मिश्रण तयार गर्ने । यसलाई आफ्नो अनुहारमा लगाउनुपर्छ । १५ मिनेटसम्म त्यसलाई सुख्खा हुन दिने । अनि मनतातो पनीले अनुहार धुने ।

४. मेथीको पेस्ट बनाएर लगाउने

मेथीको पातलाई पानीमा पिसेर एक घोल तयार गर्ने । मेथीमा पाइने अन्य गुणका साथसाथै यसमा ब्ल्याकहेड्स निकाल्ने गुण पनि हुन्छ । यस घोललाई अनुहारमा लगाएर १० मिनेट राख्ने अनि मनतातो पानीले सफा गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment