Comments Add Comment

हिमालय एअरलाइन्सले थप्यो कतारको दोहामा उडान (तालिकासहित)


१२ साउन, काठमाडौं । हिमालय एअरलाइन्सले साउन १९ देखि कतारको दोहामा हप्तामा थप दुई उडान भर्ने भएको छ ।साउन १९ बाट मंगलबार र विहिबार उडान थप हुने भएको हो ।

त्यसैगरी भदौ १७ बाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्‍याउने कम्पनीले जनाएको छ । थप उडानहरू मंगलबार, विहिबार, शनिबार र आइतबार हुनेछ ।

थप उडान आगामी कार्त्तिक ११ गते सम्मलाई रहने एयरलाइन्सले जनाएको छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण हुनेछ । सोही दिन  दिउँसो १ः१५ मा दोहाबाट उडान भरि साँझ ८ः५०मा काठमाडौं अवतरण गर्नेछ ।

नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रु महानुभावहरुलाई सेवा प्रदान गर्ने उद्देश्य ले उडान थपिएको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए ।

‘दोहा उडान गरेको १ वर्षमा यात्रुबाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवम् हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशैं तथा दीपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ‘ उनले भने ।

तालिका हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment