Comments Add Comment

डा. केसीको उपचारका लागि स्वास्थ्य कमिटी गठन

१२ साउन, काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत ४ दिनदेखि अनसनमा बसेका त्रि.वि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि त्रि.वि शिक्षण अस्पतालले आज ७ सदस्यीय स्वास्थ्य कमिटी गठन गरेको छ ।

सामान्य चिकित्सा विभागका विभागीय प्रमुख प्रा. डा. प्रदिपकृष्ण श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरिएको हो । कमिटीमा नेफ्रोलोजी विभागकी प्रा. डा. दिव्या सिंह, सहप्राध्यापक डा. सुभाष आचार्य, उपप्राध्यापक डा. जेन्टल सुन्दर श्रेष्ठ, उपनर्सिङ्ग नियन्त्रक तारा कार्की, डा. समन बराल तथा डा. सन्तोष क्षेत्री सदस्य छन् ।

चिकित्सा शास्त्र शिक्षा अध्ययन संस्थान -आईओएम)का डीन प्रा.डा जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार बसेको विभागीय प्रमुखहरुको बैठकले कमिटी गठनको निर्णय गरेको हो ।

सरकारले बिहीबार नै डा. केसीका मागका सम्बन्धमा वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment