Comments Add Comment

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको विदाई

१२ साउन, झापा । भारतको कोलकातामा यही जुलाई २९ र ३० तारिखमा हुने दुई दिवसीय अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिने नेपाली खेलाडीको बिहीबार भारत प्रस्थान गरेको छ ।

सार्कसँग आबद्ध विभिन्न मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा भाग लिने १० पुरुष र ४ जना महिला खेलाडीसहित १६ सदस्यीय नेपाली टोलीलाई झापाको काँकरभिट्टाबाट एक कार्यक्रमका बीच विदाई गरिएको हो ।

विदाई कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङ, सदस्य राजकुमार श्रेष्ठ, मेचीनगर सितोरियो कराँते संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले खादा ओढाएर शुभकामनासहित विदाई गरेका थिए ।

कोलकत्ताको नेताजी सुवासचन्द्र इन्डोर स्टेडियममा हुने खेलमा नेपालको तर्फबाट १४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment