Comments Add Comment

ग्रीन एण्ड क्लिन कार्यक्रम, होटल ब्यवसायीको सहभागिता

१२ साउन, काठमाडौं । दि ओमन होटलर लिगले बिहीबार अन्नपुर्ण होटलमा ‘ग्रीन एण्ड क्लिन’ छलफल कार्यक्रम गरेको छ ।

होटल एसोसियसन् अफ नेपाल -हान) को दि ओमन होटलर लिगले आयोजना गरेको कार्यक्रममा १ सय भन्दा बढि होटल ता रेष्टुरेन्ट व्यवसायीको सहभागिता रहेको थियो ।

व्ातावरणलाई प्रदुषित हुनबाट बचाउँदै के कसरी होटल तथा रेष्टुरामा सरसफाई गर्न सकिन्छ भन्ने बारेमा यो कार्यक्रममा छलफल भएको थियो ।

यो कार्यक्रममा हेलाइड केमीकलस प्रालिकी प्रबन्ध निर्देशक तथा ग्रीन केमीकल्सकी प्रबर्धक अर्चना भटनाघरको पनि उपस्थिती रहेको थियो ।

ग्रीन उत्पादनलाई रेष्टुरेन्ट तथा होटलमा के कसरी प्रयोग गर्न सकिन्छ र केमिकलको प्रयोगले के कस्तो हानि पुर्‍याउँछ भनेर कार्यक्रममा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment