Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले विघटनको प्रस्ताव गरेको पत्रिकामा खबर छ ।

आज प्रकाशित पत्रपत्रिकाहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेको, राष्ट्रिय परिचयपत्र वितरणमा ढिलाइ भएको लगायत खबरलाई प्राथमिकताका साथ छापेका छन् । वैदेशिक रोजगारीभित्रका विकृत पाटोलाई पनि आजका पत्रपत्रिकाहरुले उधिनेका छन् ।

वीर अस्पतालको सेवा अन्तर्राष्ट्रिय स्तरमा विकास गरी उपचारका लागि विदेश जान नपर्ने व्यवस्था गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइलाई गोरखापत्र दैनिकले आज मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमै डा. गोविन्द केसीको माग सम्बोधन गर्न वार्ता टोली गठन भएको, संसद् सचिवालयले संसद्को सम्पूर्ण गतिविधि जनतासँग जोड्ने भन्दै मोबाइल एप सञ्चालनमा ल्याएकोलगायतका खबर छन् । राष्ट्रिय परिचयपत्र वितरणमा भएको ढिलाइलाई गोरखापत्रले एंकर बनाएर छापेको छ ।

नागरिक दैनिकले वैदेशिक रोजगार व्यवसायीहरुले ४ अर्ब ५० करोड कर छली गरेको तथ्य आज सार्वजनिक गरेको छ । कान्तिपुर दैनिकले माओवादी पार्टी विघटन गर्न प्रचण्डले नेताहरुसँग प्रस्ताव गरेको लेखेको छ ।

ठूला दलको नेता मानव तस्करको भर्याङ बनेको श्रम मन्त्रीको आरोपलाई अन्नपूर्णले पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ भने नयाँ पत्रिका दैनिकले राष्ट्रपति–उपराष्ट्रपतिको तलब सुविधाबारे एक सामग्री पस्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment