Comments Add Comment

खाल्डा पुर्ने काम झारा टराइ मात्र, पुरेको खाल्डो केही दिनपछि दुरुस्तै

१३ साउन, काठमाडौं । काठमाडौं उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनका अधिकांश ठाउँका खाल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।

सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको आजको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिवसहितको टोली बिहीबार अनुगमनका लागि खाल्डा पर्नु तोकिएको २१ स्थानमा पुगेको थियो । खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले ६० प्रतिशत काम सकिएको प्रतिवेदन बुझाएपछि त्यसमा शंका लागेर प्रधानमन्त्री कार्यालयले अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment