Comments Add Comment

कहाँ पुग्यो राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको योजना ?


१३ साउन, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्रको वितरण निर्धारित समयमा नहुने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि सो परिचयपत्र वितरण गर्ने समय निर्धारण गरेको थियो ।

साउनदेखि वितरण गर्ने समय निर्धारण गरिए पनि केन्द्रले अहिलेसम्म न परिचयपत्र छाप्ने मेसिन ल्याउन सकेको छ न सो परिचयपत्रको छपाइदेखि सम्पूर्ण व्यवस्थापन गर्ने घर नै निर्माण गर्न सकेको छ । त्यसैगरी, केन्द्रले अहिलेसम्म सो परिचयपत्रको ‘सेक्युरिटी डिजाइन’ को काम पनि पूरा गर्न सकेको छैन ।

साउनदेखि वितरण गर्ने भनिएको परिचयपत्रसम्बन्धी नीतिगत निर्णय सरकारले असारमा गरेको थियो । असार ८ गते बसेको मन्त्रिपरिषद्ले राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी नीतिगत निर्णय गरेको थियो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक उद्धव तिमिल्सेनाले राष्ट्रिय परिचयपत्र वितरण गर्नेबारे नीतिगत निर्णयमा भएको ढिलाइ र कुन जिल्लाबाट सो परिचयपत्रको वितरण कार्य सुरु गर्नेबारे निर्णय अहिलेसम्म हुन नसक्दा परिचयपत्र वितरण कार्य निर्धारित समयमा सुरु गर्न नसकिएको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment