Comments Add Comment

कोटेश्वरमा किन हुन्छ सधैं जाम ?


१३ साउन, काठमाडौं । राजधानी काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान बेलुकी कर्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नु परेको छ । ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् ।

ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५९ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि सर्वसाधारणसम्म बताउँछन् ।

जामको मुख्य कारण कोटेश्वर धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारी हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वर रुट परमिट दिइएको छ । महाशाखाका अनुसार, ४० रुटका सवारीसधान कोटेश्वर रुट भएर चल्छन् । तर, कोटेश्वरमा पार्किङ वा बसपार्क छैन । लामो दूरीका सवारीधासन समेत सबैले सडकमै पार्किङ गर्छन् ।

पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ । काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा हो । तथ्यांक हेर्दा पछिल्लोृ समय नागढुंगाभन्दा कोटेश्वरमा भित्रिने र बाहिरिने सवारी साधनको संख्या दोब्बरजस्तै बढेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment