Comments Add Comment

आर्थिक समाचार: भारतीय करले अदुवा निर्यात रोकियो

१३ साउन, शुक्रवार । भारत सरकारले गत सातादेखि लागू गरेको गुड्स एन्ड सर्विस ट्याक्स (जीएसटी) का कारण नेपाली अदुवा निर्यात प्रभावित भएको छ । भारतले केही साता अघि जीएसटीअन्तर्गत स्वदेशी उत्पादन निर्यात र अन्य मुलुकबाट आयात हुने कृषिजन्य वस्तुमा समान भन्सार शुल्क लागू गरेपछि निर्यात प्रभावित भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले भारतीय करले अदुवा निर्यात रोकियोलाई मुख्य समाचार बनाएको छ ।

अर्ब नाघ्यो पाँच बैंकको नाफालाई लेखेको अन्नपूर्णले पूँजीगत खर्च न्युनलाई पनि लेखेको छ ।

सगरमाथा रुटमा अर्ब लगानीमा रिसोर्ट बन्दैलाई मुख्य समाचार बनाएको नागरिकले चार लाखलाई गरिब परिचयपत्रलाई पनि लेखेको छ । त्यस्तै तातोपानी नाका झन अनिश्चितलाई पनि लेखेको छ ।

शिक्षामा वैदेशिक सहयोग फेरि बढ्योलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । भदौभित्र लेखापरीक्षण नगरे बिमा संस्थानलाई कारवाहीलाई पनि कारोबारले लेखेको छ । त्यस्तै पूर्वाधार साझेदारी अनिवार्य गर्दै प्राधिकरणलाई पनि कारोबारले लेखेको छ ।

तराईमा शहरी पूर्वाधार सन्दर्भमा अभियान दैनिकले २० जिल्लामा ४० अर्ब लगानीलाई लेखेको छ । दुईसाताभित्र स्मार्ट सिटीको मापदण्डलाई मुख्य समाचार बनाएको नयाँ पत्रिकाले खानीखोला १ बाठ यहि वर्ष २५ मेगावाट विद्युत उत्पादनलाई पनि लेखेको छ ।

हवाई दुर्घटना जाँचसम्बन्धि स्थायी संगठन निर्माणको सिफारिसलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment