Comments Add Comment

मलेसियामा तीन दिने हस्तकला प्रर्दशनी

 नेपालमा उत्पादन भएका हस्तकलाका सामग्रीहरु विदेशमा समेत निर्यात गर्न सकियोस भन्ने उद्देश्यका साथ मलेसियामा तीन दिने हस्तकला प्रर्दशनि सुुरु भएको छ ।

क्वालालम्पुरको निकै ब्यस्त रहेको ठाउँमा जलानआम्पागको होकचुन सुपर मार्केटमा बिहीबारबाट सुरु भएको प्रर्दशनी शनिबार सकिदैछ ।

प्रदशनीमा हस्तकलाका विभिन्न सामग्रीहरु राखिएका छन् । विहान ७ बजेदेखि साँझसम्म चल्ने प्रदर्शनीमा विदेशिहरुले निकै चासोका साथ सामानहरु किनेको देख्न किन्ने गरेका छन् भने नेपालीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।

नेपाल हस्तकला महासंघको लगायतका अन्य सघंसंस्था आयोजक रहेको प्रदर्शनीको ब्यवस्थापन नेपाली दुतावास मलेसियाले गरिरहेको छ ।

हस्तकला प्रर्दशनीका उद्घाटनका अवसरमा बोल्दै मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमान सि बस्न्यातले नेपालमा उत्पादन भएका सामग्रीहरुलाई विदेशमा समेत निर्यात गर्न तथा विदेशिहरुलाई नेपालको बारेमा धेरै कुरा चिनाउनको लागि प्रर्दशनि फलदायि हुने विचार ब्यक्त गरे ।

उद्घाटनका अवसरमा विभिन्न देशका कुटनितिक निकायका प्रतिनिधिहरु तथा मलेसियामा रहेका स्थानीय ब्यापारिहरु समेत सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment