Comments Add Comment

प्रेमगीत २ र रुद्र’ प्रदर्शनमा, जान्नुहोस् कस्तो छ सुरुवाती व्यापार ?


आजबाट चलचित्र ‘प्रेमगीत २’ र ‘रुद्र’ रिलिजमा आएका छन् । बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ले सुरुवाती व्यापार आक्रामक गरेको छ । बिहानी शोमा काठमाण्डौका सिंगल र मल्टिप्लेक्समा दर्शकको सहभागीता उत्साहजनक देखिएको छ ।

सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

यस्तै, आजैबाट रिलिजमा आएको नायक निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’को बिहानी शोमा सिंगल हलमा व्यापार राम्रो रहेको वितरकले बताएका छन् । चलचित्रमा निखिल उप्रेती, विश्व र साराको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment