Comments Add Comment

अनसनरत डा. केसी र सरकारवीच आज वार्ता हुने


१३ साउन, काठमाडाै । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि आमरण अनसनमा रहेका डा. केसी र सरकारपक्षवीच वार्ता हुने भएको छ ।

शुक्रबार दिउँसो साढे एक बजे अनसनरत डा.केसी पक्ष र सरकारवीच सिंहदरवार परिसरमा वार्ता हुने भएको हो ।

वार्ताकै लागि सरकारले बिहीबार शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य रहेका छन् । सोही वार्ता टोलीले शुक्रबार दिउँसो अनसनरत डा. केसी पक्षसंग वार्ता गर्ने भएको हो ।

डा. केसीका तर्फबाट डा. वाईपी सिंह, डा. रञ्जन सापकोटा तथा डा. जीवन क्षेत्री वार्तामा सहभागी हुनेछन् ।

चिकित्सा शिक्षा विध्येक पारित गरिनु पर्ने तथा चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी त्रिवि शिक्षण अस्पतालमा ५ दिनबाट ११ औं अनसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment