Comments Add Comment

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

१३ साउन, धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव शुक्रबार बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।

बिहीबार राति ११ बजे सुतेका गुरुङ  शुक्रबार बिहान मकैबारीमा मृत अवस्थामा भेटिएका हुन् । गुरूङ मृत भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जादै छ ।

थप कुरा अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बताए ।

धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न नसकी सल्यानटारको बाटोबाट रिम्नेसम्म फोरह्विल भएको सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिँड्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment